४ किलोमिटर दूरीको हिसान दौडको उपाधि विकेश र हृदयको नाममा
काठमाडौं । पिनाकलकलेजकाविकेश घिमिरे र जय मल्टिपलकी हृदय राई प्रथमहिसान दौडमा पहिलो स्थानप्राप्तगर्न सफलभएका छन् । ब्वाइजमाविकेश र गल्र्समाहृदयले ४ किलोमिटर दूरीकोहिसान दौडमा पहिलो स्थानप्राप्तगर्न सफलभएकाहुन् ।
हिसान काठमाडौं जिल्लाकार्यसमितिद्वारा सोमबार आयोजितप्रतियोगिताको ब्वाइजमापिनाकलकानिनम राई दोश्रो तथापिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसकामनोज तामाङ पाँचौं र जोसेफकाअमितबोहरा छैटौं भए ।
विश्ववातारण दिवसकाअवसरमाआयोजित दौडको गल्र्समाकलेज अफ सेन्ट्रल स्टेटकी अस्मितातामाङ दोश्रो तथा भेजसकी सुकलामो तामाङ तेश्रो स्थानमा रहे । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रागिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशःचौथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।
ब्वाइज÷गल्र्स दुवैमापहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुपजनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीयवरिष्ठ उपाध्यक्षयुवराजशर्मा, हिसान काठमाडौंका अध्यक्षशिवप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिताजनाएको हिसान काठमाडौंका कोषाध्यक्षप्रकाशश्रेष्ठले जानकारी गराए । ‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथआयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइविभिन्नभागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुदमन्त्रीलिम्बूले गरेका थिए ।