शरणार्थी प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै
काठमाडौँ ।नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरु पक्राउ परेका छन् ।
शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई कारवाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रमा आएर नाराबाजी गरेको भन्दै प्रहरीले समाजका पूर्वसभापति कृष्ण पहाडीसहितका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्न अघि समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रमाथि शीर्ष नेताहरुबाट नै खतरा उत्पन्न भएको बताए ।
उनले भने ‘ लोकतन्त्रमा खतरा भयो शीर्ष नेताहरु भ्रष्ट छन् । लोकतन्त्र राज्ने कि भ्रष्ट नेता छान्ने छिनोफानो हुनुपर्छ होईन भने लोकतन्त्र खतरामा छ, लोकतन्त्र खतरामा शीर्ष नेता भ्रष्टचारमा छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कारवाहीहरु गरौं र चुरे मास्न पाईंन् । मानव अधिकार मैत्री ऐन बनाउ संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गो लगाउ भनेका छौं सरकारलाई । शीर्ष भ्रष्ट छन् नेताको सम्पति छानविन गर हाम्रो आग्रह यहि हो । ’
प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैँन ः मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शीर्ष नेता भ्रष्ट छन ः नेपाली जनता त्रस्त छन, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो?, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।