स्टार्टअप वल्र्डकपमा सहभागि हुन काठमाडौंको तयारी सुरु
जिल्ला समन्वय समितिकाठमाडौंले, स्टार्टअप वल्र्ड कपमा सहभागिताजनाउनआवश्यकतयारी थालेको छ ।
आइतवार काठमाडौंजिल्लाकादशनगरपालिका र एउटामहानगरपालिकाप्रमुखसंग अन्तरक्रियाकार्यक्रममासमितिले प्रत्येक नगरपालिका स्टार्टअप कपप्रतिश्पर्धा गर्न लागेको जानकारी दिएको हो । काठमाडौंका ११ वटैनगरपालिकामाआन्तरिक प्रतिश्पर्धा गराएरशीर्ष हुनेबीचनगरपालिका स्तरमा पुनप्रतिश्पर्धा गराईने जिल्ला समन्वय समितिकाअध्यक्ष सन्तोषबुढाथोलीले जानकारी दिए ।
अन्तराष्ट्रियतहमास्टार्टअपमाप्रतिनिधित्वगर्नका लागिआन्तरिक प्रतिपश्र्धा गराउनलागिएको उनले बताए । उनले भने ‘आफ्नो लोकलकम्युनिटी, पालिकाको लागि र अन्तराष्ट्रियतहमा सहभागिहुनको लागिहामीले प्रतिस्पर्धा गदैछौं । यो पहिलो चरणमाहामीले प्रत्येकपालिकामाप्रतिस्पर्धा गर्ने छौं । जसमा ११ वटै पालिकाबाटहामीले सहभागिताजनाएर ११ वटापालिकाबीचप्रत्येक पालिकाको विजेतालाई घोषणा गर्ने र अन्तीममा ११ वटापालिकाबीच फेरि प्रतिस्पर्धा गराएर एक जनाविजयीलाई अमेरीकाको सिलिकनभ्यालीमाहुनलागेको स्टाटपओल्डकप २०२३ त्यसको लागि नेपालको तर्फबाट सहभागी गराउने गरी अगाडिबढिरहेका छौँ ।’
फाईनलमापुगेका टप १० मध्येबाटविजेता १ जनाकालिफोर्नियाको सिलिकनभ्यालीमाहुने फाईनलमा सहभागीहुनपाउने छन् ।
गतबर्ष कोभिडमहामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीयप्रतिश्पर्धा अनलाईन गरिएको थियो ।
अमेरिकी स्याटलाइटकम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनीपिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफवल्र्डकपको आयोजनाहुने गरेको छ । नेपालमाभने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वल्र्डकप नेपालमाभित्र्याएको हो ।
अमेरिकामाहुने ग्लोबल फिनालेमा विजयीहुने स्टार्टअपले एक मिलियनडलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने छ ।