तोरी, भटमास र सनफ्लावर क्रुडको महसुलमा परिवर्तन भएको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साविकमातोरी,भटमास र सनफ्लावरको दानातथा क्रुड आयातमालाग्दै आएको भन्सार महसुल दरमाकुनै पनि परिवर्तन नगरिएको बताएका छन् ।
आगामीआर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफदिँदै डा. महतले सरकारको कच्चापदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोहीनीतिअनुरुपदानामा ५ प्रतिशत,क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको प्रष्ट पारे ।
उनले भने ‘ आर्थिक ऐन,२०७९ ले तोरी,भटमास र सनफ्लावरको दानामा ५ प्रतिशत र क्रुड आयलमा १० प्रतिशतभन्सार महसुललाग्ने व्यवस्था गरेकोमाआर्थिक ऐन,२०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ भाद्र २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल पैठारी हँुंदा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने गरी पटके निर्णय गरेको र यस्ता पटके छुटलाई नयाँआर्थिक ऐनले सम्बोधननगरेमा स्वतखारेज हुने व्यवस्था रहेको छ ।