लक्ष्य प्राप्ति हुने गरी करलाई वैज्ञानिक बनाएको अर्थमन्त्री महतको दावी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करलाई वैज्ञानिक बनाएको दावी गरेका छन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले लक्ष्य प्राप्त हुने गरी करलाई वैज्ञानिक बनाएको बताएका छन् ।
उनले भने ‘ राजस्वको वृद्धिदरमा एउटै दर राखियो भनेर प्रश्न आएको छ । यसलाई मैले अस्वभाविक रुपमा लिएको छैन् । बजेटले लिएको नीतिगत सुधार र प्रणाली सुदृढीकरण लगायतका आधारमा तोकिएको २४.३७ को लक्ष छ । त्यो लक्ष प्राप्तिको लागि निरन्तर लाग्छौं ,। हामीले जसरी करलाई वैज्ञानिक बनाएका छौं । समायोजन गरेका छौं । त्यसले यो लक्ष प्राप्त हुन्छ ।
हरेक क्षेत्रमा त्यही रेस्यूमा एउटै हुन्छ र भन्ने छ । उक्त अनुमानित लक्ष्यलाई विभाजन गर्दा एउटै वृद्धिदर हुन पुगेछ । यसमा तपाईहरुको चासो स्वभाविक रुपमा लिएको छु । चालु आर्थिक वर्षको अन्त्य सम्म राजस्व संकलनको यर्थात अवस्था शीर्षकगत रुपमा आउँछ । त्यसको आधारमा समग्रमा मूल्याँकन गरेर हामीले अवश्य पनि हो हरेक क्षेत्रमा शीर्षक उपशीर्षकमा त्यही रेटले त्यही दरले वृद्धि हुने कुनै माथि र कुनै तल हुन सक्छ ।