एसियाली खेलकुदको व्याडमिन्टनमा नेपालबाट प्रिन्स र रसिला छनोट
काठमाडौं । प्रिन्स दाहाल र रसिलामहर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमाआयोजनाहुने १९ औ एशियाली खेलकुदको लागि छनोट भएका छन् ।
नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमाआयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसहित सुनिल जोशी र जेशिकागुरुङ्ग छनोट भएका छन । बैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् ।
नेपाली खेलाडीको छनोट पछि नेपाल व्याडमिन्टन संघका अध्यक्षरामजीबहादुर श्रेष्ठले नेपालचारै खेलाडीको एसियाली खेलकुदकोयात्रापहिलो भएको जानकारी दिए ।
उनलेभने ‘ एसियाली खेलकुदमाब्याडमिन्टनको उपलब्धिलाइ हेर्ने हो भने पुरुष टिम इभेन्टसमा नेपालले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ । नेपाली टोलीको छनोट पछि कोरियाको इन्चोनमाभएको १७औंर इन्डोनेसियामाभएको १८ औंएसियाली खेलकुदमापुरुष टिम इभेन्ट्समा क्वाटरफाइनलसम्मपुग्दै पाँचौं स्थानहासिल गर्न सफलभएको थियो । तर अहिले खेलाडीको स्तर राम्रो भएतापनि खेलाडीको कोटा कमभएकोले टीम इभेन्ट्समा प्रतिस्पर्धा गर्न सक्दैनौ । ’
खेलाडीको स्तरलाइ हेर्दा प्रिन्स जुनियर तर्फ विश्वनम्बर एक रहिसकेका छन । यस्तै रसिलाजुनियर युगलतर्फ विश्ववरियतामा छैटौं स्थानमा रहिसकेको संघका सचिवनविनविक्रमशाहले जानकारी गराए ।
छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्चपार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादालगाएर राम्रो नतिजाप्राप्त गर्न शुभकामनादिएकाथिए ।