सुनुवाई समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ भित्र लगाउने
काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशनियुक्तिको टुंगो असार १ गतेभित्रलगाउने निर्णय गरेको छ ।
आज बसेको समिति बैठकले असार १ गतेभित्रनियुक्ति टुंगो लगाउने निर्णय गरेको हो । तीनदिनभित्र सुनुवाईको टुंगो लगाएपछि प्रधानन्यायाधीशनियुक्तिको बाटो खुलाहुनेछ ।
प्रधानन्यायाधीशमासिफारिस हरिकृष्ण कार्कीविरुद्ध समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।
उक्त बैठकमा पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्र शाहीले समय एकदमै महत्वपूर्ण भएको हुनाले भोलिनै उजुरीकर्ताहरुसँगको छलफलमा यो विषयलाई समाधान गर्ने बताएका छन् ।