अभिभावक नै नाङ्गै हिडेपछि, अरुलाई के कपडा लगाएर हिडाउँछ ? सांसद प्रभु शाह
सांसद प्रभु साहले, केन्द्रिय सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् ।
संघीय मन्त्रालय नै गैर जिम्मेवार भएर हिडेको उनको आरोप छ ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा उनले भने ‘संघीय मन्त्रालय सबै निकायहरुको एउटा अभिभावक हो । जसले आफै नाङ्गै भईसकेपछि अरुलाई के कपडा लाएर हिडाउँछ । संघीय मन्त्रालय लाज छोडेर, कानून कुल्चिएर संविधानको पनि संवैधानिक मान्यतालाई कुल्चेर । किन भने दुनियाँलाई थाहा छ । सर्बोच्च अदालतले भनिसकेपछि सबैले मान्छ तर मैले संघीय मन्त्रालयलाई हेरिरहेछु सर्वोच्च अदालतको आदेश खल्तिमा बोकेर हिडिरहेको छ ।’
त्यस्तै घुस र कमिसन् तन्त्रले देशको हालत खराब भएको उनको भनाई छ ।
‘तल लिएको कमिसन माथिसम्म पुग्छ । एउटाले लिएको घुस सबै मिलेर बाँडफाड गर्छन् ।’ उनले भने ‘हामीले यो सिस्टमलाई हामीले लुटको लागि प्रयोग गरिरहेका छौं । यसले नेपाली जनतालाई उत्साहित गर्दैन् ।’ उनले भने ।
नेपाली पैसाले डाक्टर पढेकाहरुले नेपालमा सेवा नगरेको भन्दै उनले आपत्ति जनाए ।