अदालत जान अघि प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सांसद शाहीको माग
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल प्रचण्डले अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
आईतबार प्रतिनिधि सभाकोबैठकमा बजेटमाथि छलफल सकिएलगत्तै सभामुखसँग समय लिएरसांसद शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको स्मरण गराए । उनलेव्यक्तिगत रुपमा प्रचण्ड युद्ध अपराधमा दोषी भए पनि देशको प्रधानमन्त्री हुन नसक्ने बताए ।