बजेट निर्माणबारे चित्त बुझ्दो जवाफ नआए सडक आन्दोलन थाल्ने राप्रपा सांसद शाहीको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले अर्थंमन्त्रीप्रकाशशरण महतलाई आर्थिक विधेयकफाईनलको गोप्य कोठामा भन्सारविभागकापूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थमासहभागी गराइयो भन्ने प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले, करको दर फाईनलकालागि सचिव,अर्थमन्त्रीआन्तरिक राजस्वविभागकामहानिर्देशकमात्रगोप्य बस्ने प्रचलन रहेकोमाभन्सार विभागकापूर्व नासु श्रेष्ठलाइ सहभागी गराएर करको हेरहेर भएको विषयमाउनले आपत्तिजनाए ।
उनले भने‘अर्थमन्त्रीलाई पाँच वटा प्रश्न छन् । करको दर फाईनलगर्नका लागि जेष्ठ १४ गते राति सचिव, अर्थमन्त्रीआन्तरिक राजस्वविभागकामहानिर्देशकमात्रगोप्य बस्ने प्रचलन छ । आर्थिक विधेयकफाईनलगर्ने क्रममा भंसार विभागकापूर्व नासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइर्एको भन्ने छ । कसरी पाएकुनै स्वार्थ पुरा गर्न गोप्यकक्षमा लगेको हो ? साँचो कुरा के हो उत्तर चाहिन्छ ।’
उनले अर्थमन्त्रीबाट स्पष्ट उक्तनआएमा राप्रपाले सदन र सडकबाट विरोध गर्ने चेतावनीदिए ।
उनले विधिप्रकृया मिलाएर भ्रष्टाचार भएको आरोप लगाए ।