सांसद शेरबहादुर कुँवरको प्रश्न : छाङरु र तिन्करमा किन जनगणना भएन ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेर बहादुर कुँवर दार्चुलाको व्यास नगरपालिकाको छाङरु र तिन्करमा जनगणना हुन नसक्नुबारे कुन निकायले जवाफ दिने भन्दै प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद कुँवरले जनगणनाबारे कुटनीतिक क्षेत्रबाट कुनै जवाफ नआउनु अचम्मको विषय बनेको बताए ।
उनले भने ‘ हाम्रो कुटनीतिक क्षेत्र र त्यसको अवस्था कस्तो छ ? सुस्त छ की के छ त्यो बुझन् चाहन्छु । हामीले चुच्चे नक्सा भित्र भएको दार्चुलाको व्यास नगरपालिकाको छाङरु र तिन्करका जनतालाई जनगण्नामा समेट्न सकेनौं । त्यसको प्रतिक्रिया स्वरुप छिमेकी कुटनीतिज्ञहरुले प्रतिकृया दिने गरका छन् । त्यो क्षेत्र हाम्रो हो त्यसैकारण नेपालले जनगणना गरेको छैन् । तर हाम्रो कुटनीतिक क्षेत्रबाट त्यस्को कुनै जवाफ आएको छैन्। किन यस्तो भईरहेको छ यसको जवाफ चाहियो । ’