अहिलेको बजेटले देशको आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतितथा सांसद रवि लामिछानेले अहिलेको बजेटले देशमाभएको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसकेको कारण आफुहरुले समर्थन नगरेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भएपश्चात सञ्चारकर्मीसँग प्रतिक्रियादिदै उनले अहिलेको देशको आर्थिक अवस्था समेट्न नसक्ने भएकाले विपक्षमामतदान गरेको बताए।
उनले भने,अहिलेको बजेटले देशमाभएको आर्थिक मन्दीलाई सम्बोधन गर्न सक्दैन् । अहिलेको देशको जुनआर्थिक अवस्था छ त्यसलाई वैदेशिक अनुसन्धानको लक्ष्यकहाँ छ ?सरकारको विश्वसनीयता छैन् न लक्ष्यमापुग्ने सम्भावना छ । अनुमान गरेको तालमेल नमिलेको छ । त्यसैले समर्थन गर्ने कारण नभएकाले विपक्षमा बस्र्यौ ।’
उनले मुद्दा खारेज हुँदाखुसीलागेतापनि अब फेरि कहिँले आउँने हो भन्ने प्रतीक्षामा रहेको भन्दै व्यङग्य गरे ।