सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
धनगढीमा हुने चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको थपदुई विधाको मनोनयन सार्वजनिकभएको छ ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्यप्रायोजनमाहुने अवार्डको बर्ष प्रशिक्षक र बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिकगरिएको हो । आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिमप्रदेशको प्रतिनिधित्वगर्दै राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलमापदकविजेताप्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिमआईकन पुरुष र सुदुरपश्चिमआईकन महिलाविधाको मनोनयन सार्वजनिकगरिएको थियो ।
चौथो संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षकविधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनकाजीवनगौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । चन्दको प्रशिक्षणमा सुदूरपश्चिमले ९ औं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण पदकजितेको थियो । सुदूरपश्चिमले जितेको १० स्वर्ण मध्ये ५ स्वर्ण जिताउने प्रशिक्षकचन्दहुन् । उनकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा संगीताधामीले ३६ बर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदकजिताएकीथिईन् ।
९ औं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदकजिताउने प्रशिक्षकहुनजीवनगौतम । भारात्तोलनमाउनको प्रशिक्षणमा सुदुरपश्चिमले भारात्तोलनमातीन स्वर्ण पदकजितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु १९ विश्वकपको लागि छनोट भएको छ । उनले ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा पु¥याएकाहुन् । उनकै नेतृत्वमा नेपालीमहिलाक्रिकेट टिमले पनिविभिन्नप्रतियोगिता खेलेको थियो ।
निसर्ग हस्पिटल बर्ष युवा खेलाडीको मनोनयनमाभारात्तोलनका हेमन्तपाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्तधामीमनोनयनमा परेका छन् । पालले ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकजितेका छन् । उनले पहिलो सहभागिताको राष्ट्रिय खेलकुदमा १७बर्षको उमेरमा स्वर्ण पदकजितेका हुन् । अनुले उमेर समूहबाट राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताजनाएकी छिन् । उनले यु १९ विश्वकपमहिलाएसिया छनोटमा सहभागिताजनाउँदै उत्कृष्ट प्रदर्शन गरेकीथिईन् । उनले घरेलु उमेर समूहको प्रतियोगितामापनि सुदूरपश्चिमलाई जिताउनभुमिका खेलेकी छिन् । क्रिकेटका धामीले यु १९ विश्वकपमा नेपाललाई छनोट गराउनउत्कृष्ट प्रदर्शन गरेका थिए । उनले बलिंग र ब्याटिङमा शानदार प्रदर्शन गरेका थिए ।
यसअघि नै सुदूरपश्चिमआईकन पुरुष र सुदुरपश्चिमआईकन महिलाविधाको मनोनयन सार्वजनिकगरिसकिएको छ । यसमा सुदूरपश्चिमआईकन पुरुषविधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्दकामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । सुदुरपश्चिमआईकन महिलामा कुस्तीकीमनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविाकुँवर मनोनयनमा परेकी छिन् ।
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्यप्रायोजन गरेको छ । मुख्य सहप्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ माउच्चप्रदर्शन गरेका राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदानगरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिमआइकनमहिला र पुरुषविधामा अवार्ड प्रदानगरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिलाविधाकाविजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुदपत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिमआईकन महिला र पुरुषविधाकाविजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदानगरिनेछ ।