सडक सुरक्षामा ध्यान दिन सरकारलाई सांसद सिंहको आग्रह
काठमाडौं ।सांसद अमरेश सिंहले नेपालसबैभन्दा बढि दुर्घटना हुने देशमा परेको भन्दै सडक सुरक्षाकालागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा उनले मापदण्डअनुसारको सडक निमार्ण गर्नसम्बन्धितसरोकारवालाले ध्यानदिनुपर्ने सांसद सिंहले बताए ।
१० वटा सडकको ठाँउमा ५ वटा बनोस तर मापदण्डको सडक बन्नु पर्नेउनको भनाई छ ।
उनले भने, ‘सडक दुर्घटना बढि भईरहेको छ । सडक सुरक्षामाध्यानदिदैनाँै, खोलाको किनारमा बाटो बनाउछौ । सुरक्षाको लागिकेहीनगरिएको हुनाले हरेक सालदर्जनौ नेपालीहरु नदीमाबग्ने गर्छन् ।सडकको मापदण्ड सडक सुरक्षाको लागिगर्नुपर्ने त्यो किन गरिएको छैन् । यसमा सम्बन्धित सरोकारवालाको ध्यानजाओस् । १० वटा सडकको ठाँउमा ५ वटा मात्रै बनोस तर एउटा मापदण्डको सडक बन्नु प¥र्यो कसैको अकालमा मृत्यु नहोस ।’
दुर्घटनाका कारण अकालमामानिसहरुको ज्यानजाने क्रम रोक्न सरकारले प्रभावकारी भूमिका खेल्नु पर्ने उनको भनाई छ ।