सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कर्मकाण्डी : पेसागत महासंघ नेपाल
काठमाडौं । पेसागतमहासंघले नेपालले सरकारले ल्याएको नीतितथाकार्यक्रम र बजेट कर्मकाण्डी भएको निष्कर्ष निकालेको छ ।
महासंघको जेठ २६ र २७गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामाकाठमाडौंमा बसेको दोस्रो बैठकले संकटग्रस्त अर्थतन्त्रको सुधार, भ्रष्ट्राचार तथामहंगी नियन्त्रण गर्दै उत्पादनमूलककार्यक्रमका माध्यमबाट गरिबीनिवारण गर्दै नीतितथाकार्यक्रम समाजवादउन्मुखहुनु पर्नेमा त्यस्तो हुननसकेको निष्कर्ष निकालेको छ ।
बैठकले भारत सरकारले आफ्नो नयाँ संसद भवन अगाडि राखेको मुरल नक्सामा नेपालीभूभागपनि समेटिएको भन्दै गम्भीर आपत्ति प्रकट गर्दै भारत सरकारलाई कुटनीतिक नोट पठाई ध्यानाकर्षण गराउनसरकार समक्षमागगरेको छ ।
यस्तै विगतमाभएकाअसमान सन्धि सम्झौताखारेज गर्न र प्राकृतिक स्रोत साधन सम्बन्धि सन्धिसम्झौता नेपालको हितअनुरुपलागू गर्न गराउनपनिमहासंघले सरकारसंग माग गरेको छ ।
अध्यक्षखनालले बैठकको निर्णय सार्वजनिकगर्दै नेपालीनागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार र राष्ट्रद्रोह गर्ने अपराधिलाई कडा कारबाही गर्न माग गरे ।