बजेटमा राजश्वको दर वैज्ञानिकरुपमा प्रस्तावित गरेको अर्थमन्त्री महतको जवाफ
अर्थमन्त्रीडाक्टर प्रकाश शरण महतले राजश्वको दर वैज्ञानिकरुपमा प्रस्तावित गरेको बताएका छन् ।
आर्थिक बर्ष २०८०÷८१ को बजेटमाथि उठेको प्रश्नको जवाफदिदैं अर्थमन्त्रीमहतले बजेट हचुवको भरमा पेश नगरिएको जिकिर गरे ।
उनले भने ‘ अहिले जतिपनि राजस्वको दर हामीले वैज्ञानिक रुपमा प्रस्तावित गरेका छौं। यसले हाम्रो राजस्व बढ्छ । खालीहचुवाको भरमा बजेट देखाउनको लागि प्रस्ताव गरेको हाईन् । हामीले विदेशीक्रृण पनि धेरै लक्ष्य राखेका छैनौं। आन्तरिक ऋृण पनिपहिले लिएको भन्दाकमै राखेका छौं । आन्तरिक क्रृण भनेको सरकारले जति बढि लिन्छ निजी क्षेत्रले पाउने ऋणको भोलुम घट्छ ।