सहकारीले ठगेको रकम राज्यकोषबाट दिने व्यवस्था गर्न पीडितको माग
काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति रकम ठगी गर्ने सहकारीविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ ।
काठमाडौंको माईतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहकारी पीडित बचतकर्ताहरुले बचतकर्ताको निक्षेप रकम सावा व्याजसहित फिर्ता गर्नुपर्ने र सहकारी पीडितहरुलाई राज्यकोषबाट रकम दिने व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलित भएका हुन् ।
आन्दोलनमा पीडित जगदीश रञ्जितले करिब ३ हजार बचतकर्ताको बचत लापरबाही तरिकाले ठगी भएको भन्दै मुलुकमा राज्य नै नभएको आभास बताए ।
उनले सहकारी विभाग, सहकारी मन्त्रालय, सीबीआई, प्रहरी सबै स्थान जाँदा पनि न्याय नपाएको उल्लेख गर्दै अहिले सडकमा आएर आन्दोलित हुनु परेको बताए ।