नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने सांसद विमलेन्द्र निधिको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक तत्काल पारित गर्नु पर्ने माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुई पटक संसदबाट पारित भएर गएको विधेयक संसदमा फिर्ता आउन नहुने भन्दै यसलाई पारित गर्ने विषयमा सरकार सक्रिय भएर लाग्नु पर्ने बताए ।
उनले भने, यो नागरिकता विधेयक पारित गर्नको लागि कानुनी अथवा संवैधानिक आधारहरु खोज्नु भएको छ रे, यो संसद मार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहान्छु भने, संसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुदैँन् । पारित र प्रमाणित नै हुनुपर्छ । राष्ट्रपतिलाई सल्लाह गरेर यो नागरिकता विधेयक तत्कालनै प्रमाणित गर्न लगाउने कुरामा सरकार सक्रिय हुनुप¥र्यो ।