फुटपाथ व्यापार बन्द गर्ने धनुषाका प्रजिअको घोषणा
धनुषा ।धनुषाकाप्रमुखजिल्लाअधिकारी काशिराजदाहालले फुटपाथमा कुनै प्रकारको सामग्रीनराख्न चेतावनीदिएका छन् ।
मंगलबार उनले, आ–आफ्नो पसलको आगाडिको सरसफाइआफै गर्न व्यवसायीहरुलाई आग्रहगर्दै सामान राख्नफुटपाथ प्रयोग गरिए कडा कारवाहीगर्ने चेतावनीदिएकाहुन् ।
जनकपुरधामको सडकहरु व्यवस्थितगर्न र सडक सुरक्षाको लागिसडकमा हिड्नेहरुले फुटपाथको प्रयोग गर्न, पार्किङ्ग व्यवस्थापनगर्न उनको आग्रह छ ।
उनले भने, ‘सडकमा हिड्नेहरुलाई फुटपाथ प्रयोग गर्न जनचेतना फैलाउने, पार्किङ्ग व्यवस्थापनमा जटिलता देखिएको छ, यहाँ रहेका खालीजग्गालिजमालिएर भएपछि पार्किङ्गको समस्या समाधानगर्नु पर्छ ।पोलमाहोडिङ् बोर्डहरु पनि हटाउदैँ छौ । यसको उद्देश्य भनेको सुरक्षाव्यवस्थाको लागिहो ।’
उनले जनकपुरधामकाउद्योग बाणिज्य संघका अध्यक्ष समेत यस अभियानमालागेका कारण अटेर गर्ने व्यसायीलाई कारवाहीगर्ने चेतावनी समेत दिएका छन् ।
फुटपाथ तथा सडक पेटी व्यवसायीहरुले कव्जा गरेपछि जनकपुरधामउप–महानगरपालिकाले सुझाव सहित चेतावनीदिँदै अहिले हिडेका छन् ।
जनकपुरधामको सडक विस्तार भई सकेको र फुटपाथ समेत निर्माण भई सक्दापनि फुटपाथ व्यवसायीहरुले सामान राखेर कव्जा गरेपछि सर्वसाधारणहरु सडकमै हिड्ने गरेका कारण दुर्घटनाको जोखिम बढि देखिएको छ ।
जनकपुरधामउप–महानगरपालिकाले शुरु गरेको सडक सुरक्षाअभियानमादाहालसंगै तीनै सुरक्षानिकायका सुरक्षाकर्मी,जनकपुरधामउप–महानगरपालिकाकाकर्मचारीहरु समेतसहभागीभएकाथिए ।