मुगुको सोरुमा प्रथम उपाध्यक्ष गोल्डकपको तयारी तीब्र
मुगु । मुगु जिल्लाको अति विकट एवं दुर्गम मानिएको सोरुगाँउपालिकाले प्रथम उपाध्क्षय गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताको लागि तयारीतीब्र पारिएको छ ।
‘खेलकुदमा सोरुगाँउपालिकाको अभियान, क्षमतावान खेलाडी वास्तविक पहिचान’ भन्ने मूलनाराका साथ यही जेठ २० गतेदेखि २७ गतेसम्म प्रथम उपाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सोरुगाँउपालिकाका अध्यक्ष र्धमबहादुर शाहीले मानिसको स्वास्थ्य अवस्थासंग जोडिएको खेलकुदको विकासका लागि गाउँपालिका सक्रिय रहने बताए ।
यस्तै उपाध्यक्ष केशरजंग शाहीले प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार ११ रुपैयाँ,द्धितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय पुरस्कार ३३ हजार ३ हजार ३३रुपैयाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको जानकारी दिए ।
सोरु गोल्डकपमा सहभागी हुने टिमले टीम दर्ता शुल्कमार्फत ३५ सय रुपैयाँ बुझाउनु पर्ने छ ।