गणतन्त्र र संघीयता जोखिममा रहेको रास्वपा नेता झाको टिप्पणी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले गणतन्त्र र संघीयता राजनीतिक रुपमा जोखिमपुर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनलेजनताले गणतन्त्र र संघीयतालाई घृणाको नजरले हेरेकाले राजनीतिक रुपमा त्यो निकै जोखिमपूर्ण हुने टिप्पणी गरे ।
नेपाली जनताले नै संघीयता नरुचाएको उनको तर्क छ ।
‘यसपाली चुनाव ताका गरिएको संर्वेक्षणमा ४२ प्रतिशत मतदाताले चाहिँदैन संघीयता महंगो भयो भनेका थिए । हामीले अझै बुझाउन बाँकि रहेछ । बुझाउन सकिएन भने यसप्रति जनताको घृणा बढ्न थाल्नेछ । त्यो हाम्रो लागि राजनीतीक रुपमा निकै जोखिमपुर्ण हुनेछ । हामीले गरेको उपलब्धिहरु प्रति हामी कृतज्ञ हुन जानीरहेका छैनौं । ’
नेताहरुले नै संघीयताको आवश्यकता र महत्वबारे ठोस धारणा निर्माण गर्न नसकेको उनको भनाई छ ।