समृद्धीका लागि कम्युनिष्ट एकता आवश्यक छ : सचिव पौडेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले , देशलाई भ्रष्टाचार मुक्त्त बनाई समृद्धी हासील गर्न कम्युनिष्ट पार्टी एक हुन जरुरी रहेको बताएका छन् र
काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय समृद्धीका लागि भ्रष्टाचार अन्त्य हुनुपर्ने र त्यसका लागि कम्युष्टिहरु एक ठाउँमा उभिन आवश्यक छ भने ।
राष्ट्रिय युवासंघ नेपालद्धारा आयोजित अन्र्तक्रियामा उनले अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणको विषयअगाडी बढईसकेको भन्दै त्यसलाई निरन्तरता दिएर निष्कर्षमा पु¥याउन सरकार नचुक्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘भ्रष्टाचार सम्बन्धि कुरा राज्यले प्रक्रिया अगाडी बढईसकेको छ । यो प्रक्रियालाई निरन्तरता दिएर निष्कर्शमा पु¥याउने प्रतिवद्धता छ । खबरदारी पनि गर्नुहोला सबैले अरु कुनै कारणले भ्रष्टाचारको क्षेत्रमा भएका अनियमीततालाई नियन्त्रण गर्ने कुरा र भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा तलमाथि हुने छैन् ।