महानगरको कर्मचारीले भ्रष्टाचार गरे उजुरी दिन मेयर शाहको आग्रह
काठमाडौं । काठमाडौंमहानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतकाकर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिनकालागिआग्रह गरेका छन् ।
सोमवार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले काठमाडौंका भ्रष्ट कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानआयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनकालागि मोबाइलनम्बर उपलब्ध गराएका छन् । उनले उजुरी गर्नेमानिसको नामभनेगोप्य राखिने बताए ।
उनले लेखेका छन्‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिकाकार्यालयमाकुनै नि कर्मचारीले कुनै पनिप्रकारमा पैसा मागेमा प्रमाण सहितहामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहितकसैले बिना प्रमाण यसले यति भ्रष्टाचार ग¥यो भनेर आरोप लगाउनु भन्दापनि प्रमाण जुटाउनु होला । हामीलाई व्हाट्सएप नं ९८६३५९२०११ मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्रबोक्ने भएको हुनाले पठाउने को नामगोप्य राखिनेछ ।’