अर्थमन्त्री वित्त नीतिमा प्रष्ट देखिएनन् : सांसद वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले, अर्थमन्त्री वित्त नीतिमा प्रष्ट हुन नसकेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले, अर्थमन्त्रीको मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भन्ने विचार अन्यौलपूर्ण र गलत भएको तर्क गरे ।
सिर्जनशील हुने हो भने बजेट निर्माणमा पर्याप्त स्थान रहेको भन्दै बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तका कुरा समेटिनु पर्ने बताए ।
उनले भने, ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गतल हो, वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’
उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा निजी क्षेत्र लामो समयदेखि उठाउँदै आएको विषयलाई समावेश गर्नुपर्ने भन्दै अब हैरानी र झन्झट्को दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनु पर्ने बताए ।