नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सिमित हुने सरकारको प्रक्षेपण
काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ।
आर्थिक सर्वेक्षण २०७९÷८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले, आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान सुनाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको बताए ।