गठबन्धन बैठक : सरकारमा नभएकालाई पनि समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ गठबन्धन दलको बैठक बोलाएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकमा सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री दाहाल छलफलमा छन् । उनले केही दिनअघि रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन औपचारिक प्रस्ताव गरिसकेका छन् ।