‘आन्तरिक उत्पादनलाई बढावा दिन आगामी बजेट उदार हुनुपर्छ’
काठमाडौं । नेपालचामल तेल दाल उघोग संघले नेपाल सरकारले आन्तरिक उत्पादनलाई बढावा दिनआगामी बजेट मार्फत व्यवस्थापनगर्न माग गरेको छ ।
आईतबार काठमाडौंमापत्रकार सम्मेलनगर्दै संघका अध्यक्ष सुवोधगौतमले दाल, चामल र तेलमा नेपालआत्मनिर्भर हुनुपर्ने बताए ।
उनले भने ‘ कृषिभूमिको संरक्षण र प्रवद्र्धन नहुनु कृषिउद्योगहरुलाई अग्रगमनतर्फ लान संक्ने ठोस संकेत होईन् । नेपाल सरकारले यो विषयलाई अन्यौलमा राख्नु हुँदैन् । सरकारले बेला बेलानयाँनीति परिवर्तन गरिरहँदा अराबौंको लगानीजोखिममा परेको छ । ’
कृषिलाई पुर्ण प्राथमिकतामा राखेर स्थापनाभएको उद्योगहरुप्रति सरकारको प्रष्ट नीतिनहुनु राज्यको कमजोर पक्षभएको उनको भनाइ छ ।