आर्थिक अभावका कारण ६ बर्षदेखि मृत्यूसंग लड्दै मृगौला पीडित बडुवाल
मुगु । विकट हिमालीजिल्लामुगुको मुगमकामारोङ्ग गाँउपालिका ९ का ३५ बर्षीय बाचलाल बडुवाल ६ बर्षदेखि मृत्यु कुर्न विवश छन् । उनको दुबै मृगौलाले कामगर्न छाडेपछि आर्थिक अभावको कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं दिनदुःखी गरीबकालागिव्यवस्थागरिएको शैयामाजीवन मरणको दोसाँधमा छट्पटिरहेका छन् ।
बडुवाललाई एक पटक मृगौला डाईलोसिस गर्न मात्र १० हजारसम्मखर्च लाग्ने र अन्यऔषधिउपचार गर्ने निकै हैरानी परेको छ । यो रोग लाग्नु भन्दापहिले गाँउ घर तिर भेडा, बाख्रापाल्ने ,खेती गरेर राम्रोसंग जीवननिर्वाह गरिरहेका बडुवालको एक्कासि दुबै मृगौलामा समस्याआए पछि घरमाभएको चलअचल सबै सम्पतिउपचारकोलागिबिक्रि गरी सकेका छन् । स्थानीय सरकारसंग पहलगर्दा केहीआर्थिक सहयोग भएको थियो । पछिल्ला कुनै निकायबाट आर्थिक सहयोग नहँुदाउनको उपचार झन जटिल बन्दै गएको छ । मृगौलाप्रत्यारोपण गर्नको लागिउनकीश्रीमतीको मृगौलामिल्ने भएपनि ५ देखि ८ लाखसम्म रकमचाहिने भएकालेआर्थिक अभावकै कारण मृगौलाप्रत्यारोपण गर्न नसकिएको उनकाआफन्त पूर्णबहादुर रोकाया बताउछन् ।
बाँच्नेआशामा घरको सबै सम्पतिविक्रि गरेपनि रोग निको नभएकोमा बडुवाल चिन्तित छन् । कलिला २ छोरा र २ छोरीकालागिभएपनिआफुलाई बाँच्न मन भएको बताउँदै मृगौला पीडित बडुवालले मनकारीहरुलाई सहयोगकालागिआग्रह गरे ।
बडुवाललाईआर्थिक सहयोग
मुगुको मुगमकामारोङ्गगाँउपालिका ९ का ३५ बर्षीयबाचलाल बडुवाल ६ बर्षदेखि दुबै मृगौलाले कामगर्न छोडे पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ् काठमाडौं उपचार गराइरहेका छन् । बडुवाललाई स्पेनमा रारा होटल सञ्चालनगदै आई रहेका मुगुकाअक्कलबोहोराले १० हजार नगद र प्रतिमहिनाको एक कोठाको ५हजार ५ सयका दरले ६ महिनाको कोठा भाडा बापतको ३३ हजार गरी जम्मा ४३ हजार आर्थिक सहयोग गरेका छन ।