प्रधानमन्त्री भ्रष्टाचारी बने जेल जान बाध्य बनाइने : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्रपार्टी राप्रपाकाप्रवक्ता ज्ञानेन्द्र शाहीले देशको र्
दुईतिहाई प्रधानमन्त्री समेत भ्रष्टाचारी बने जेल जानबाध्यबनाउनेबताएका छन् ।
राप्रपाले बिहीवार वसन्तपुरमाआयोजना गरेको भ्रष्टाचारविरोधीसभामा सांसद शाहीले भ्रष्ट आचरणले गर्दा मुलुकवर्वाद भएको भन्दै भ्रष्टाचारी प्रधानमन्त्री नै भएपनिकारवाहीगर्नुपर्ने बताए ।
उनले भने, प्रधानमन्त्रीलाई हामीले प्रश्न सोधेका छौ, क्यानटेनमेन्टको घोटालामा तपाई जेल जाने हो भनेर प्रश्नगर्दा प्रधानमन्त्रीले जेल जान्छु भनेर घोषणा गरेका छन् । भ्रष्टाचारका विरुद्ध हामीले संसदमामात्रआवाज उठाएर हुँदैन्, भ्रष्टाचारका विरुद्धमा भ्रष्टाचारीहरुलाई तीन पुस्ताको सम्पत्तिजफत गरेर आजीवन कारावास हाल्नुपर्छ । त्यसपछियसको अन्त्य हुन्छ । यो देश भ्रष्टाचारको कारणले बर्वादभएको छ । ’
उनले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होईन अरु धेरै काण्डहरुको पर्दाफास गर्नुपर्ने र त्यसमाअपराधीसावितभएआफुहरु पनिजेल जानतयार हुनुपर्ने बताए ।
प्रवक्ताशाहीले भ्रष्टाचार देशको रोग भईरहेको भन्दै यो रोगलाई जराबाटै निकाल्नको लागि राप्रपालाइबहुमतले निर्वाचितगर्न आग्रह गरे ।