पार्टी प्यालेसका सञ्चालक अन्यायमा परेको भन्दै आए मिडियामा
काठमाडौं । चाँगुनारायण पार्टी प्यालेस एण्ड टेन्ट हाउस प्रालिका सञ्चालक नविन केसीले होटल दरबारका सञ्चालकले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि गुहार मागेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पीडित केसीले उद्योग वाणिज्य संघ, सितगंगा–अर्घाखाँचीका पदाधिकारीहरु र होटल दरबारका सञ्चालक तिलक अधिकारीले आफ्नो सामान कब्जा गरेको र आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि सरकारसमक्ष क्षतिपूर्ति दिलाउन माग गरेका हुन् ।
सितगंगता उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको १३ दिने महोत्सवमा उनले सामान उपलब्ध गराएका थिए । तर, संघका पदाधिकारी र होटल सञ्चालकले कजबरजस्ती आफूलाई कागज गर्न लगाई डेड करोड बराबारको सामान मिलेमतोमा कब्जा गरेको सुनाए ।
उनले भने, ‘उनीहरुले मैले कागज नगरे खम्बामा बाँधेर कुटछौं भने । मलाई मार्न पनि पछि पर्दैनौं भनेर घेराबन्दी गरे । म मानसिक तनावमा छु, कारण एकातिर उपलब्ध गराएको सामानाको भाडा नपाउनु । अर्को आफूमाथि आक्रामणको प्रयास हुनु । झण्डै डेड करोड बराबारको सामान उद्योग वाणिज्य संघ र होटल व्यवसायीहरुको मिलेमतोमा कब्जामा राएिको हुँदा म निकै अन्यायमा परेको छु ।’
उनले अहिलेसम्म आफुले पाउनुपर्ने भाडा आयोजकबाट नपाएको र उल्टै आफ्ना सामान कब्जामा राखिएको दाबी गरे ।