संसदमा प्रधानमन्त्री दाहालको जवाफ : सरकारी विद्यालयको सुधार सरकारको प्राथमिकतामा
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले सरकारीएवम् सार्वजनिकशिक्षा सुधारलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रधानमन्त्रीभएको छ महिनापछि आजप्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ ले सांसदहरुको प्रश्नको जवाफदिने क्रममा यस्तो धारणा राखेका हुन् । उनले सरकारीविद्यालयमा गुणस्तरीय शिक्षाप्रदानगर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले सबै सरकारीविद्यालयमा गुणस्तरीय र रोजगारमुलकशिक्षाप्रदानगरि स्वदेशमा नै रोजगारीसिर्जना गर्न हालको शिक्षानीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको तयारी रहेको बताए ।
नेपालीकाँग्रेसकी सांसद ईश्वरी देवीन्यौपानेले सोधेको सरकारी विद्यालयको अवस्था, सरकारी विद्यालयको सुधार र युवालाई देशमा नै रोजगार बनाउने सम्बन्धमा सरकारको के नीति छ ?भन्ने प्रश्नमाप्रधानमन्त्रीदाहालले सरकारी विद्यालयको स्तर सुधारमा सरकार अघि बढिसकेको बताए ।
उनले भने ‘ आर्थिक वर्षको पहिलो ९ महिनामा ९०३ अर्ब ४९ करोड रेमिट्यान्सप्राप्तभएको छ । जुनगतआर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो । यसको तुलनामा नेपालीविद्यार्थीहरु विदेश पढ्न जाँदा ६७ अरव १९ करोड रुपैंयाँबाहिरिएको देखिएको छ । ’