राष्ट्रिय सभामा कमला पन्थीले भनिने : बाघले आक्रमण ग¥यो, एकीकृत बस्ती निर्माण होस्
काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले जंगली जनावरको आक्रमणबाट धेरैको ज्यान गएकाले एकिकृत बस्ती निर्माण गर्न दिर्घकालीन योजनासहित आगमी वर्षको नीति तथा कार्यक्रममा समेट्न सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभामा आव ०८०÷८१ को ‘प्रि बजेट’ छलफलमा धारणा राख्दै उनले जंगली जनावरको आक्रमणबाट जोगिन एकिकृत बस्ती निर्माण अनिवार्य रहेको बताईन् । उनले आगामी बजेटको नीति कार्यक्रममा जंगली जनावरको आक्रमणबाट नागरिकलाई जोगाउन सरकारले एकिकृत बस्ती निर्माणका लागि बजेट विनियोजन गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘एकिकृत बस्ती निर्माण हुँदा जंगली जनावरको आक्रमण कम हुन्छ । नागरिक डर र झंझट मुक्त हुन्छन् । कतै हात्तिले आक्रमण गरेको छ । कतै बाघले त कतै बाँदरले लखटेको छ । सरकारले दिर्घकालीन योजना अन्तर्गत यी विषयलाई राख्न प¥यो ।’
त्यस्तै,उनले सार्वजनीक खरिद ऐन देखाएर ठेकेदार र निर्माण कम्पनीले आयोजना पूरा नगर्दा राज्यलाई स्रोत, साधन र आर्थिक लागतको भार परेकाले ऐन संसोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
उनले बिरालो बाँधेर श्राद्ध गरे जस्तो प्रवृतिको अन्त्य गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् ।