अर्थ मन्त्री अनुपस्थित भएपछि, संसदमा विपक्षीको आपत्ती : बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्री बैठकमा उपस्थित नभएकोमा नियमावलिको उल्लङ्घन भएको उल्लेख गरेका छन् ।
प्रतिनिधि सभा बैठकको बीचबाट अर्थमन्त्री उठेर गएपछि उनले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुदाँ सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने नियमावालीमा लेख्दा पनि त्यसको पालना नभएको बताए ।
उनले भने, ‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्छ, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुदाँ सम्बिन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्छ । अनिवार्य उपस्थित हुनपर्ने भनेर नियमावालीमा लेखिएको हुदाँ हाउस स्थिगित चाहि नगरौ कुरौ तर उपस्थिति अनिवार्य चाहियो, यो नियमावलिको उल्लङ्घन गरिएको छ ।’
अर्थमन्त्री केही समयका लागि प्रतिनिधि सभा बैठक छोडेर राष्ट्रिय सभा बैठकमा गएका थिए । यसप्रति सबै सांसदहरुले आपत्ति जनाएका हुन् । यसैबीच प्रतिपक्षले आपत्ति जनाए