जनता र सरकारलाई जोड्ने माध्यम नै सूचनाको हक हो : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र सरकारलाई पारदर्शी बनाउने काम गर्ने बताएकी छिन् ।
शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सूचनाको हकले जनतालाई बलियो बनाउने र सरकारलाई पारदर्शी, सुशासन र सेवाप्रवाहका विषयमा गम्भीर बनाउने बताइन् ।
उनले भनिन ‘संविधान र कानून कार्यान्वयन गर्न पनि सूचनाको हकले काम गर्छ । सरकारका काम कारवाही गलत भए खबरदारी गर्न पनि यसले सहयोग गर्छ ।’
उनले लोकतन्त्रको प्रभावकारी संयन्त्र सूचना आयोग भएको र यस्तो समग्र देशको उन्नति र समृद्धिमा काम गर्ने बताइन् ।
त्यसै गरि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सार्वजनिक निकायबाट सूचना प्रवाह अझै प्रभावकारी हुन नसकेको हुँदा अभियानकै रूपमा अगाडि बढाउनुपर्ने बताए ।