सीजीनेटको ग्राहक सेवा नम्बर परिर्वतन
काठमाडौं । स्मार्ट टेलिकमको सेवा बन्द भएपछि सीजीनेटले आफ्नो ग्राहक सेवा नम्बर परिवर्तन गरेको छ ।
बुधबार कम्पनीले एक सूचना जारी गर्दै स्मार्ट टेलिकमको सेवा बन्द भएका कारण आफ्नो नम्बर पनि परिवर्तन भएको जानकारी दिएको हो ।
यसबाट प्रभावित सेवाग्राहीसँग माफि माग्दै कम्पनीले ग्राहक सेवाको लागि नयाँ नम्बरको व्यवस्थापन गरेको जानकारी दिएको छ ।
सीजीनेटको ग्राहक सेवाको लागि ०१–५९७०११३ अथवा ०१–५९७०११४ मा सम्पर्क गर्न सकिनेछ । साथै नेपाल टेलिकमको टोल फ्रि नम्बर १६६००११००१३ मा पनि सम्पर्क गर्न सकिनेछ सिजीनेटले जनाएको छ ।