२४ वर्ष क्वानमुकानले प्रयोग गरेको भवन महानगरले भत्कायो, अब फूलबारी बनाउने
काठमाडौं । काठमाडौंमहानगरपालिकालेअनामनगरस्थितक्वानमुकान कराँतेको भवनभत्काएको छ ।
हनुमानथानस्थित२९ नम्बर वडामा रहेको उक्तघरमाबर्षौदेखि क्वानमुकान कराँतेको डोजो रहदै आएकोमा सोमबार दिउँसो महानगरपालिकाले वडाको जनप्रतिनिधि सहितको उपस्थितिमाउक्त घर भत्काएको हो ।
२४ वर्षदेखि क्वानमुकानले निःशुल्कप्रयोग गर्दै आएको उक्तअनधिकृत भवनभत्काएर फूलबारी बनाउनलागिएको महानगरले जनाएको छ ।
आजमहानगरपालिकाको निर्णय अनुसार अनधिकृत संरचनाको रुपमा सरकारी जग्गामिचेर बनाएको भवनभत्काएको महानगर प्रहरी प्रमुखराजुनाथ पाण्डेले बताए ।
‘यो सिंहदरबार भित्रकै सार्वजनिकजग्गा अतिक्र्रमणभएको छ, बाटो र पेटी साँघुरो छ। यसै कुरालाई मध्यनजर गरेर महानगरको निर्णय अनुसार भत्काउनलागेको हो ।’पाण्डेले भने ।
पहिलासिंहदरबारको पर्खाल भित्र रहेको उक्तभवनहाल रोड पारी परेको छ । २०५६ सालमातत्कालिन वडा अध्यक्षले उक्तघर कराँते एशोसिएसनलाई संरक्षित र उपभोग गर्ने तथा वडाले चाहेको खण्डमा प्रयोग गर्न मिल्ने अधिकार सहितनिशुल्कप्रयोग गर्न दिएको बताइएको छ ।
अब त्यहाँ बाटो बढाएर पार्क निर्माण गर्ने योजना रहेको वडा सदस्य सन्तोष ढुंगेलले बताए ।उनले भने ‘अहिले यहाँ बाटो पनि साँघुरो भयो अनधिकृत संरचनापनिभएको हुनाले काठमाडौं महानगरपालिकाको मेयर स्तरीय जुन निर्णय भएको छ,त्यसलाई कार्यान्वयनगर्नको लागिआजभत्काउनलागेको हो । आजै भत्काएर सकिन्छ त्यसपछि वडाको निर्णय अनुसार सानो फूलबारी वापार्क केहीबनाउने योजना छ ।’