शरणार्थी प्रकरणमा पोलेपछि एमालेले लडाकु शिविरको कुरा उठायो : महरा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमापोलेपछि नेकपाएमालेले लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप नेकपामाओवादी केन्द्रले लगाएको छ ।
आईतबार पार्टी कार्यालयमाआयोजितपत्रकार सम्मेलनमामाओवादी केन्द्रकाउपाध्यक्ष कृष्णबहादुर महरालेशरणार्थी प्रकरणमा दोषी रहेका सबैलाई कारवाहीगर्न सरकार तयार रहेको बताए ।
उनले भने ‘एमालेले अहिले लडाकु शिविरबारे किनप्रश्न उठायो भन्दानक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि?’
लडाकु शिविरमा घोटालानभएको अडान उपाध्यक्ष महराले दोहोर्याएका छन् ।
उनले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापनतथा समायोजनको जिम्मा राज्यले लिएको पनि प्रष्ट पारे ।
केही समय अगाडि मात्रप्रमुखप्रतिपक्षीदलका नेता केपीशर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथिपनि छानबिन गर्न चुनौतीसमेत दिएकाथिए