उपत्यकालाई अस्वीकार गरेर कुनै पनि संरचना अघि बढ्दैनः सभापति पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले नीतिगतरुपले उपत्यका प्रदेशलाई अस्वीकार गरेर राज्यको कुनै पनि संरचना अगाडि बढ्न नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले बागमती प्रदेशको एउटा पोईन्टमा प्रशिक्षण केन्द्रको आवश्यकता भएको बताए ।
उनले भने ‘धरै पत्रकार उपत्यकामा हुन्छन् । नीतिगत रुपले उपत्यका प्रदेशलाई अस्वीकार गरेर राज्यको कुनै पनि संरचना जान सक्दैन् । ’
यो जिल्ला त्यो जिल्ला भन्दा पनि उपत्यकाभित्र धेरै पत्रकारहरु हुने भएकाले काठमाडौं,ललितपुर र भक्तपुरंलाई मात्र लक्षित गरेर प्रशिक्षण केन्द्रको व्यवस्थापन गर्न आवश्यक भएको बताए ।
पत्रकार महासंघको पहलमा कानूनको मस्यौंदा पेन्डिङमा राख्न सफल भएको उनको जिकिर छ । उनले संसदको कार्यकाल सकिदासम्म आफुहरुले ती कानूनहरु कार्यन्वयन गर्न नदिएको बताए ।