राप्रपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकसुरु भएको छ ।
सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिककित्ताको एकमात्रविकल्प राप्रपा’नामक राजनीतिकप्रतिवेदनलगायतमा आजबाट छलफल सुरु भएको हो ।
यसैगरी, आजको बैठकमा अध्यक्षलिङदेनले पेश गरेको राजनीतिकप्रतिवेदनसहितमहामन्त्रीले पेश गरेको सांगठनिक र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।