प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक दुर्गा शर्माले जानकारी दिए ।
उनले भने ‘ हिजै साँझ भेट्ने भन्ने तयारी थियो । हिजो समय नमिलेपछि आज विहानै भेटवार्ता भएको हो । भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भयो । ’
भेटमा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने तथा यो अधिवेशन प्रभावकारी बनाउन आवश्यक प्रयासबारे छलफल भएको बताइएको छ ।