सामुदायिक बन उपभोक्ता समितिको ७ औं महाधिवेशनको तयारी पुरा
काठमाडौं । सामुदायिक बन उपभोक्ता समितिको सातौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।
सोमबारसामुदायिक बन उपभोक्ता समितिका केन्द्रिय अध्यक्ष भारती पाठकले समितिको सातौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जानकारी हुन् ।
उनले भनिन् ‘यहि जेठको ९, १० र ११ गते साताँै राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गईरहेका छौं । अधिवेशन सम्पन्न गर्ने क्रममा नेतृत्व मात्र चयन गरेका छैनौं। संगठन शुद्धिढिकरणको हिसावले देशभरका सामुदायिक वन उपभोक्ता संघहरुलाई सक्रिय बनाउने,सरकारसंगको सहकार्य र समन्वयको विषयमा छलफल भएको छ।’
उनले तीनै वटा सरकारले नीति कार्यक्रम तथा वजेट बनाईरहँदा सामुदायिक बनलाई विषेश प्राथमीकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
महाधिवेशनका ९ सय जना प्रतिनीधिहरुको उपस्थित हुनेछ भने सरोकाराला र नागरिक संगठनको समेत उपस्थिती रहेने उनको भनाई छ ।