सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकारिता क्षेत्र सुधारका लागि पत्रकार सुध्रिनु पर्छ : प्राध्यापक, संचारविद्, पी खरेल
काठमाडौं । प्राध्यापक तथा संचारविज्ञ परशुराम खरेलले, नेपाली पत्रकार र पत्रकारिता क्षेत्रमा व्यापक सुधारको आवश्यकता औल्याएका छन् ।
विगतको तुलनामा नेपाली पत्रकारिता क्षेत्र, प्रेस स्वतन्त्रताको क्षेत्रमा व्यापक सुधार भएपनि, यतिले मात्रै नपुग्ने उनको भनाई छ । पार्टीका पत्रकारको हालिमुहाली रहुन्जेल पत्रकारिता क्षेत्रको सुधार कठिन हुने उनले बताए । पत्रकारको न्यूनतम योग्यता समेत तोकिनु पर्ने भन्दै उनले भने ‘ पत्रकारहरुको छुट्टै एउटा संगठन निर्माण आवश्यक छ । जसले निश्पक्ष रुपमा काम गर्न सकोस् । पत्रकारितासंग सम्बन्धित हालका संघ संस्थालाई पनि त्यसबाट त्रास पैदा हुन्छ र आफै राम्रो काम गर्न सुरु गर्छन् ।