व्यक्ति अनुकुल विचार फेर्ने मानिसले राष्ट्रको नेतृत्व गर्न सक्दैनः केपी ओली
काठमाडौं । नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीले आफ्नो विचार व्यक्तिअनुकुल प्रस्तुतगर्ने मान्छेले राष्ट्रकोनेतृत्वगर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्यकसेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधनगर्दै उनले व्यक्तिअनुसार कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न नसक्ने भन्दै यो प्रवृत्तिले लोकतन्त्रलाई सुदृढ र संविधानको रक्षामा योगदानगर्न नसक्ने बताए ।
उनले भने, आफ्नो विचार प्रस्तुतगर्न नसक्ने जो मान्छेको अगाडि छ त्यहीअनुकुल कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न सक्दैन् । यस प्रवृत्तिले नीतितथाकार्यक्रमको प्रारम्भमाभनिए जस्तो लोकतन्त्रलाई सुदृढ गरेको छैन् । संविधानको रक्षामा योगदान गरेको छैन् ।अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने छैन् र नेकपाएमालेको सरकारले प्रारम्भ गरेको समृद्धिको आधार भत्काएको छ,मुलुकलाई अस्थिरतामा लगेको छ ।’
उनले सरकारको तर्फबाट आएको भाषण, सरकारले सिंहदरबारमागर्ने निर्णय, मन्त्रीहरुले दिने अभिव्यक्ति सरकारको तर्फबाट सदनमा अर्थमन्त्रीले पेश गरेको दस्तावेज र राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको दस्तावेज फरक फरक भएपछिसदनप्रतिआशंका पैदा भएको बताए ।
निर्वाचनकाक्रममाजनता समक्ष प्रस्तुतभएका घोषणा पत्र परिवर्तन गर्ने दुई महिनापनिनपुग्दै कोर्ष परिवर्तन गर्ने पटक पटकपोजिसन र मुख फेर्नलाई गतिशील ठान्ने प्रधानमन्त्रीको नीतिले देशलाई चरम अस्थिरताको भासमापु¥याएको पनिअध्यक्षओलीको टिप्पणी थियो ।