काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृति पागलपन : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमनाश्रेष्ठ कामगर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने पागलपनको उदाहरण भएको बताएका छन् ।
आईतबार संघीय संसदको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिकार्य सञ्चालननियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलमा भागलिदै उनलेकामगर्ने शैली परिवर्तन गर्न आवश्यकभएको बताइन् ।
सांसद श्रेष्ठले भनिन् ‘ कामगर्ने तरिका पटक्कै नफेर्ने, त्यही सिरालेकामगर्ने तर नतिजा फरक सोच्ने यो पागलपनको उदाहरहण बाहेक केही हैन् । जसरीकर्मकाण्डीभयो भनेर प्रधानमन्त्रीले ज्यूले यहिबाट भन्नु भयो । हिजो पनिप्रधानमन्त्रीज्यूले ईमान्दारिताका साथभन्नु भयो कि हामीले बजेट ल्याउँदाकर्मकाण्डी नै गरेका हौं भनेर यो नियमावलील्याउँदापनि ३ दिनको अन्तरालमाल्याईयो । फरककल्पना कसरी गर्न सक्छौ ?’
सांसद श्रेष्ठले प्रयोग गरेको पागलपनशब्दप्रति नेपालीकाँग्रेसका सांसद रामहरि खतिवडाले आपत्तिजनाएकाथिए । तर सभामुखले सांसद श्रेष्ठको लाञ्छना व्यक्तिविशेषमा केन्द्रित नरहेकोले आपत्तिजनाउनआवश्यकनभएको बताएकाथिए ।