विकासमैत्री खरिद ऐन आवश्यक छ : मन्त्री ज्वाला
काठमाडौं ।भौतिकपूर्वाधार तथायातायातमन्त्रीप्रकाशज्वालाले, सार्वजनिकखरिद ऐन विकासमैत्रीर कानूनहरु विकासमैत्रिनबनाएसम्मविकासनिर्माणले गतिलिननसक्ने बताएका छन् ।
दबाबको बीचमा बजेट निमार्णको कामगर्नुपरेको बताएका छन् ।
मंगलवार कानून समितिमाभएको बैठकमा उनले प्रक्रियागत समस्याका कारण विकास निर्माणका काममा धेरै कठिनाई भोग्नु परेको बताए ।
खर्च नहुने स्थानमा धेरै रकम राख्ने, खर्च हुने स्थानमाथोरै रकम राख्ने अवस्थाले समस्यानिम्त्याएको बताउँदै उनले यो अवस्थाबाट माथि उठ्न समितिको सहयोग आवश्यकभएको बताए ।
उनले भने, ‘खर्च नहुने स्थानमा ठूलो रकम राख्ने खर्च हुने स्थानमा सानो रकम राख्ने यस्तो अवस्थाफुकाउन समितिको सहयोग चाहिन्छ । सार्वजनिकखरिद ऐन राष्ट्रिय सभा बाटै अगाडि बढाइएको छ । यो खरिद ऐनलाई विकासमैत्रीनबनाएसम्म, हाम्रो कानूनहरु विकासमैत्रिनबनाएसम्महामीले प्रक्रियागत समस्याहरु धेरै भोग्नुपर्छ।’
मन्त्रीज्वालाले यातायातर पूर्वाधार क्षेत्र कसरी सुधार गर्ने भन्ने विषयमाकार्यदलबनाएर काम अघि बढेको भन्दै संसद र समितिको निर्देशनअनुसार जनताकापक्षमाविभिन्नविकास निमार्णका र पूर्वाधारका कामहरु गर्ने प्रविद्धता पनिजनाएका छन् ।
उनले भवनबनाउनु पर्ने, नयाँआयोजनाबनाउनु पर्ने र मन्त्रालयमाआएका समस्याहरुको पनि समाधानगर्नुपर्ने हुदाँदबाबको बीचमाकामगर्नुपर्ने बाध्यता रहेको पनिउल्लेख गरे ।