स्थानीय तहलाई जवाफदेही बनाउन नसक्नु गल्ती : सांसद लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर प्रचार गरिएपनि स्थानीय तहलाई जवाफदेही बनाउन नसकेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद लामिछानेले स्थानीय तहमा बेरुजुको अवस्था भयलाग्दो देखिएको बताए ।
उनले भने ‘ स्थानीय तहमा वेरुजु भएको रकम ११ खर्व ४ अर्व भएको देखिन्छ । गाउँ गाउँमा सिंहदरवार पुग्यो भनेर प्रचार प्रसार गरिएका स्थानीय तहहरुलाई जवाफदेही बनाउने ठोस कार्यक्रम मैले देख्न सकिन, केन्द्र २५ वटा मन्त्रालयबाट चल्न सक्छ ? प्रदेशलाई १३ ÷ १४ वटा मन्त्रालय चाहिएको छ । अझै विभाजन गरेर राज्य मन्त्रीसमेत बनाउने खेल समेत चलिरहेको छ,मैले बुझ्न सकिरहेको छैन् । यसलाई रोक्ने नीति पनि मैले देख्न सकिरहेको छैन् । ’