वन मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले लिए सपथ
काठमाडौं। नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजितसमारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतो र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मंगलबार प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।