भोली सार्वजनीक विदा
काठमाडौं । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले बुधबारसूचना निकालेर रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीवार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
‘वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’सूचनामा भनिएको छ ।