दाङमा हुने बाल चलचित्र महोत्सवबारे छलफल
दाङ ।चलचित्रविकास बोर्डले प्रथम राष्ट्रिय बालचलचित्रमहोत्सवको लागि स्थानीयस्तरमा नै पुगेर छलफल गरेको छ ।
आगामीअसार १,२ र ३ गते दाङ जिल्लाको घोराहीमाआयोजनागर्न लागिएको महोत्सवको तयारीबारे बोर्डका प्रवक्ता केएल बुढाथोकी, बोर्डका सदस्य सचिव टंकबहादुर महतसहितको ४ जनाको टोली दाङ पुगेरस्थानीय सरोकारवालसँग छलफल गरेका हुन् ।
बालबालिकामाझचलचित्रको माध्यमबाट शिक्षा, संस्कृतिको प्रवृद्धन गर्ने र उनीहरुलाई फिल्मको अभ्यास गराउने उद्देश्यले पहिलो पटक महोत्सवगर्न लागेको बोर्ड प्रवक्तातथामहोत्सव संयोजक बुढाथोकीको भनाई छ ।
“महोत्सवकाबालबालिका सम्बन्धी चेतनामुलक र प्रेरणादायी चलचित्रहरु प्रर्दशनीगरिनेछ । बालबालिकासँग सम्बन्धिततथाबालबालिकाले नै बनाएकालामातथा छोटा शिक्षामूलकचलचित्रको प्रदर्शनीको लागि देशभरबाट बालबालिका सम्बन्धीचलचित्रहरु आह्वानगरिएको छ ।’
छलफलमा सहभागिहरुले महोत्सवले बालबालिकालाई सन्देश मुलकशिक्षादिने र उनीहरुको रचनात्मकविकासमा महत्चपूर्ण भूमिका खेल्ने बताउँदै सबैले आ–आफ्नो तवरले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो छलफलमा दाङ जिल्लाकावौद्धिक व्यक्तिहरु, कलाकार, साहित्यकार, सुरक्षाकर्मी, शिक्षाकर्मी, व्यवसायीतथापत्रकारहरुको सहभागिताथियो ।
महोत्सवमा सहभागिहुन जेठ १५ गतेभित्रचलचित्रविकास बोर्डमानिवेदनदिनुपर्नेछ । निवेदनका साथमाजाँच प्रमाणपत्रको प्रतिलिपिपनि पेश गर्नुपर्नेछ । महोत्सवमा वृत्तचित्र, कथानकवा लघु चलचित्रले सहभागिताजनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएकाचलचित्रहरुलाई प्रोत्साहन स्वरुपबोर्डको निर्णयबाट केहि रकम समेत उपलब्धहुनेछ ।