एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुनु गर्वको कुरा हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुनु गर्वको कुरा भएको बताएका छन् ।
सोमवारसेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला भलिबल च्यालेन्ज कपको उद्धघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा यो प्रतियोगिता आयोजना हुनुले आफूलाई निकै गौरवान्वित महसुस भएको बताए ।
‘आठै देशका खेलाडिहरु,पदाधिकारीहरु सबैलाई बधाई भन्न चाहान्छु । नेपालमा यो खेल र नेपाल बसाई सुखद र सफल रहोस । यो निकै नै ऐतिहासिक दिन हो मेरो लागि । ६ वर्ष पछि भलिवलको प्रतियोगिता उद्धघाटन गर्न पाएकोमा निकै नै खुसि छु । ’
राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगितामा अहिले घरेलु टोली नेपालले किर्गिस्तानसँग प्रतिश्पर्धा गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले पहिलो सेट १२ २५ को सोझो सेटमा जितेको छ ।